विश्वभर एकैदिन ५ लाख ४ हजार बढी कोरोना संक्रमित थपिए

काठमाडौँ । विश्वमा एकैदिन ५ लाख ४ हजार ९१६ कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ८ करोड ५४ लाख ८९ हजार ४६२ पुगेको छ ।
सोमबार बिहानको तथ्याङ्क अनुसार २ करोड ३१ लाख ९५ हजार ७८५ जनामा सक्रिय संक्रमण छ । उनीहरुको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ लाख ६ हजार २२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वमा एकैदिन ७ हजार ९७ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ लाख ५० हजार २०९ पुगेको छ ।
६ करोड ४ लाख ४३ हजार ४६८ जनाले कोरोनालाई जितेका छन् ।
सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकैदिन १ लाख ९२
हजार १०० संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ११ लाख ११ हजार २९१ पुगेको छ । एकैदिन १ हजार ३८७ जनाले ज्यान गुमाएपछि अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६० हजार ७८ पुगेको छ ।
दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ३ लाख ४१ हजार २९१ पुगेको छ । अहलेसम्म १ लाख ४९ हजार ६८६ संक्रमितको मृत्यु भएको छ ।


प्रकाशित | २० पुष २०७७, सोमबार ०८:०१