दोस्रो चरणको आन्दोलन गर्ने प्रचण्ड–नेपाल पक्षको घोषणा

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा देशव्यापी आन्दोलन गर्ने घोषणा आज पत्रकार सम्मेलनबाट गरिएको हो ।

आन्दोलन शान्तिपूर्ण हुने भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभरबाट सरकारको खबरदारी गर्ने बताउनु भयो । आन्दोलनका कार्यक्रम पुस २० गतेदेखि माघ २३ गतेसम्मका छन् । आन्दोलन अन्तर्गत जिल्ला, पालिका, वडा तहसम्म अन्तर्क्रिरया, छलफल, विरोध प्रदर्शन लगायतका छन् ।

आगामी माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रमा मोटरसाइकल ¥याली गर्ने कार्यक्रम रहेको छ । संसद पुनःस्थापनाको माग गर्दै प्रचण्ड–नेपाल नेकपाले पहिलो चरणको आन्दोलन गरिसकेको छ ।

संसद विघटन गर्दै सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ ।


प्रकाशित | १८ पुष २०७७, शनिबार १६:१९