कतारमा एनआरएनएको २३ औं चरणको राहत वितरण, हालसम्म ८,४२३ जनालाई राहत

काठमाडौँ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारद्वारा गठित उद्दार तथा राहत वितरण समितिले २३ औं चरणको राहत वितरण गरेको छ ।
विश्वब्यापी रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका क्रममा कतार सरकारले आफ्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान व्यवहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको अवस्थामा कतारमा रहेका नेपाली कामदारहरुलाई पनि राहत वितरण गरिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिनु भयो ।
२३ औं चरणको राहत वितरण अन्तर्गत १० अक्टोबर २०२० देखी २६ डिसेम्बर २०२० सम्म कतारको विभिन्न स्थानमा रहेका ४८९ जना नेपालीहरूलाई खाद्यान्नको राहत प्याकेज वितरण गरिएको थियो ।
कÞतार सरकार तथा त्यहाँ स्थापित विभिन्न नेपाली संघ संस्थाहरूबाट प्राप्त खÞाद्यान्नलाई समस्यामा रहेका नेपालीहरुलाई वितरण गरिएको हो । हालसम्म ८ हजार ४२३ जनालाई राहत वितरण गरिएको परिषद्का अध्यक्ष मुसलमानले उल्लेख गर्नु भयो ।
राहत वितरणमा संलग्न दुताबास परिवार, आईसीसी प्रतिनिधि, एनसीसी प्रतिनिधि लगायतप्रति परिषद्ले आभार व्यक्त गरेको छ ।
आगामी दिनमा पनि सो कार्यलाई निरन्तरता दिने बताइएको छ ।


प्रकाशित | १२ पुष २०७७, आईतवार १०:१७