विश्वभर कोरोना संक्रमित हुनेको संख्या ८ करोड नाघ्यो

काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड नाघेको छ ।
एकैदिन ४ लाख ७१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ८ करोड १ लाख ९४ हजार नाघेको हो ।
चीनको वुहानबाट सुरू भएको संक्रमण एक वर्षमा २१८ मुलुकमा पुगेको छ । यस अवधिमा विश्वभर १७ लाख ५६ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।
बितेको २४ घण्टामा ८ हजार ३७४ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ५६ हजार ९४७ पुगेको छ ।


प्रकाशित | ११ पुष २०७७, शनिबार ०८:२०