नेकपा प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाइयो, प्रदिप ज्ञवाली बने प्रवत्ता

काठमाडौं । सत्तारुढ नेकपाको बालुवाटारमा बसेको प्रधानमन्त्री केपी ओली पक्षधर केन्द्रीय कमिटी बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाउँदै प्रदिप ज्ञवालीलाई तोेकेको छ ।

पार्टी बैठकले महासचिव बिष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गर्दै ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन गरेको छ । सोही कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्न सकिने विधानमा उल्लेख छ ।


प्रकाशित | ७ पुष २०७७, मंगलवार १२:५४