शुक्रबार सुनको मूल्य बढ्यो, तोलाको ९४ हजार ३०० मा कारोेबार

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोेबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी शुुक्रबार तोलामा १ हजार २८० रुपैयाँमा कारोबार भएको हो ।


प्रकाशित | ३ पुष २०७७, शुक्रबार १३:००