जर्मन नेपाल मैत्री संघको अध्यक्षमा रामप्रताप थापा चयन


काठमाडौँ । जर्मन नेपाल मैत्री संघको अध्यक्षमा रामप्रताप थापा चयन हुनु भएको छ । जर्मनको कोलोन शहरमा सम्पन्न अधिवेशनले रामप्रताप थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

सन् २०२०–२०२३ सम्मका लागि भएको सङ्घको निर्वाचनमा उपाध्यक्षमा अल्का खनाल र नर्बट मायर हुनुहुन्छ भने कोषाध्यक्षमा उवे हेन्स र सचिवमा क्रिस्टिन पेत्रास हुनुहुन्छ ।

यस्तै सदस्यहरुमा क्याट्रेन अल्थाउस, कमला दाहाल, प्रा डा अष्ट्रिड फुन्के र तमारा ब्युलो हुनुहुन्छ ।
कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ । जर्मन नेपालबीचको मैत्री सम्बन्धलाई जनस्तरमा विस्तार गर्ने र गैरसरकारी संस्थाहरुमार्फत नेपालको विकासमा सहयोग गर्ने उद्देश्यले ५३ वर्षअघि सङ्घको स्थापना गरिएको थियो ।


प्रकाशित | १ पुष २०७७, बुधबार १६:०४