उपत्यकामा १ हजार ७०२ सहित ३ हजार ९३ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घन्टामा २ हजार १०८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ९६ हजार ६०९ जना निको भएका छन्। आज देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७६५ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७०२ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार ४३१ , ललितपुरमा १२३ र भक्तपुरमा १४८ जनालाई कोरोना संक्रमण देखिएको छ।


प्रकाशित | ४ कार्तिक २०७७, मंगलवार १९:३२