प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाईले पारित

प्रस्तावको पक्षमा ६९ मत, विपक्षमा १३ मत

बुटवल : प्रदेश नं ५ को प्रदेश सभा बैठकले राजधानी दाङको देउखुरी (भालुवाङ) र नाम लुम्बिनी राख्ने निर्णय दुई तिहाईले पारित गरेको छ । आज प्रदेश सभामा प्रदेशको स्थायी राजधानीको सम्बन्धमा गरिएको प्रस्तावमाथि मतदान हुँदा प्रस्तावको पक्षमा दुई तिहाई मत परेको हो ।

प्रस्तावको पक्षमा ६९ मत पर्दा प्रस्तावको विपक्षमा १३ मत मात्र परेको छ भने ५ जना प्रदेश सभा सदस्य अनुपस्थित हुनुभएको छ ।

त्यस्तै, प्रदेश ५ को नाम लुम्बिनी कायम गर्ने प्रस्ताव प्रदेशसभा बैठकबाट दुई तिहाई मतसहित पारित भएको छ। प्रस्तावको पक्षमा ७९ र विपक्षमा ४ मत परेको छ ।


प्रकाशित | २० आश्विन २०७७, मंगलवार १६:५४