हल्लाको पछि नलागौं, अब लकडाउन हुँदैनः स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले हल्लाको पछि नलाग्न आग्रह गर्नुहुँदै उपत्यकामा अब लकडाउन नहुने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) का पदाधिकारीहरुसँगको भेटमा मन्त्री ढकालले अब लकडाउन नहुने र हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।

भेटमा एनबीआईका अधिकारीहरुले उद्योग व्यवसाय धरासायी भएको भन्दै लकडाउन नगर्न सुझाव दिएका थिए । सोही भेटमा मन्त्री ढकालले सरकार अब पनि लकडाउन गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको हो ।

‘लकडाउनको विषयमा आएको समाचारमा सत्यता नभएको भन्दै मन्त्री ढकालले भन्नुभयो, ‘सरकार अब लकडाउनलाई निरन्तरता दिने मनस्थितिमा छैन ।’


प्रकाशित | १६ आश्विन २०७७, शुक्रबार १५:४३