अस्ट्रेलियाको जिलोङमा ग्रेटर जिलोङ नेप्लीज कम्युनिटी दर्ता

मेल्बर्न : अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेल्बोर्न पछीको दोस्रो ठुलो शहर जिलोङमा नेपाललाई चिनाउने उद्देश्यले ग्रेटर जिलोङ नेप्लीज कम्युनिटी दर्ता गरिएको छ । वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेको अध्यक्षतामा सात सदस्यीय कार्य समिति सहितको ग्रेटर जिलोङ नेप्लीज कम्युनिटी दर्ता गरिएको हो ।

अन्य पदाधिकारीहरुमा इन्जिनियर जीतेन गुरुङ उपाध्यक्ष, कुन्दन जोशी सचिब, उपासना अमात्य कोषाध्यक्ष रहनु भएको छ भने सदस्यहरुमा निनु पुन मगर, लक्ष्मी अधिकारी, र इन्जिनियर कबिता ज्ञवाली रहनु भएको छ ।

अध्यक्ष पाण्डलेले सस्थाले जिलोङ क्षेत्रमा नेपाली समुदाय तीब्र गतिमा बढिराखेकोले नयाँँ पुस्तालाई नेपाली भाषा, संस्कृतिबाट बिमुख हुन नदिने खालका कार्यक्रम गर्ने जानकारी दिनुभयो । ग्रेटर जिलोङ नेप्लीज कम्युनिटिमा २० जना संस्थापक र हालसम्म ८० भन्दा बढी साधारण सदस्य छन ।


प्रकाशित | १६ आश्विन २०७७, शुक्रबार १४:२३