‘भित्री बस्तीमा पहिलेजस्तै मान्छेको भिड छ, कडाइ नगर्ने हो भने निषेधाज्ञा गर्नुको अर्थ छैन’

जनस्वाथ्य विज्ञ डा. रविन्द्र पाण्डे

काठमाडौं उपत्यकाका सडक सुनसान छन्, भित्रि बस्ती र गल्लीमा पहिलेजस्तै मान्छेको ओहोरदोहोर छ, हाम्रो टोलमा उस्तै चहलपहल छ, एकजना पनि सुरक्षाकर्मी देख्ने अवसर पाइएको छैन ।

मुख्य सडकमा मान्छे बस्दैनन् , ब्यापार गर्छन्, मान्छे बस्ने भित्रि बस्तीमा हो, सडक ट्राफिक प्रहरीलाई जिम्मा दिएर खास गस्ती भित्रि बस्ती र गल्लीभित्र गर्नुपर्दछ भन्ने थाहा होस्, भित्रि बस्ती र गल्लीमा कडाइ नगर्ने हो भने निषेधाज्ञा गर्नुको अर्थ छैन ।

मिडियाले न्युरोड, दरवारमार्ग, बानेश्वर तथा अन्य सडक देखाएर सुनसान छ नभनोस् , भित्रि बस्ती र गल्लीको अवस्था देखाओस् ।

तीजको दर खान हिंडेका हुलदेख्दा निषेधाज्ञाको अर्थ सरकारले बुझाउन नसकेको हो कि हामीले बुझ्न नसकेको हो भन्ने चिन्ता संशय उत्पन्न भएको छ ।

कडाइ नगर्ने हो भने निषेधाज्ञा लम्बिने डर हुन्छ, निषेधाज्ञा लम्बियो भने अन्य रोग र भोकले प्रताडित गर्नेछ, कडाइ गरौँ, लम्बाउने प्रयन्त नगरौं ।


प्रकाशित | ४ भाद्र २०७७, बिहीबार १६:१२