मध्यपुर थिमी नगरपालिका क्षेत्र भदौ ९ गतेसम्मका लागि सिल गर्ने निर्णय

लकडाउन भन्दा कडाई गछौं – मेयर श्रेष्ठ

भक्तपुर – बाक्लो बस्तीमा कोरोना संक्रमण देखिन थालेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालीकाले कोरोना रोकथाम तथा नियन्त्रणमा कडोर निर्णय गरेको छ । नपाले कोरोना संक्रमण समुदायमा देखिन थालेपछि नगरपालिका क्षेत्र सिल गर्दै लकडाउन भन्दा कडाई गर्ने निर्णय गरेको हो ।

नपाका १ देखि ९ वडामा हाल सम्म २० जना सक्रिय संक्रमित र जम्मा ४१ जना संक्रमित देखा परेकाले नगरको विपद ब्यवस्थापनको आकस्मिक बैठकले नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

Image may contain: text

नगर प्रमुख मदन सुन्दर श्रेष्ठले नगरका सबै वडामा संक्रमण देखिएपछि कठोर निर्णय गर्न बाध्य भएको जानकारी गराउनुभयो । मेयर श्रेष्ठले एक बिज्ञप्ति जारी गर्नुहुँदै आजदेखि लागू हुने गरि भदौ ९ गतेसम्म नगरपालिका क्षेत्रभित्र सम्पूर्ण ब्यवसाय बन्द गर्ने र अत्यावश्यक ( खाद्यान्न, पानी, ग्यास र औषधि पसल ) दिनको ११ बजेदेखि १ बजेसम्म खोल्न दिइने गरि निर्णय गरिएको बताउनुभयो ।

मेयर श्रेष्ठका अनुसार यो अवधिमा नगरपालिका क्षेत्रभित्र सार्वजनीक सवारी बन्द गरिनेछ । अरनीको लोकमार्गको हनुमन्ते पुलदेखि मनोहरा पुलसम्मका हकमा रोक्न, यात्रु चढाउन र ओराल्न पाइनेछैन । साथै मेयर श्रेष्ठले जिल्ला प्रशासनले निषेध गरिएका सम्पूर्ण गतिविधीहरु पालना गर्न अनुरोध समेत गर्नुभएको छ ।


प्रकाशित | ३१ श्रावण २०७७, शनिबार १८:३०