सुनको भाउ भाउ अहिलेसम्मकै महँगो, तोलाको ९६ हजार नाघ्यो

काठमाण्डौ : सुनको भाउ तोलामा ९६ हजार नाघेको छ । आज ५ सय रुपैयाँ बढेर सुनको भाउ ९६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो भाउ अहिलेसम्मकै महँगो हो ।

पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएपछि सुनको भाउ बढ्ने क्रम जारी छ । यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ११ सय ५५ रुपैयाँ पुगेको छ ।

महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रिँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ महँगो हुँदै गएको बताउनुभयो । सुनको भाउ महँगो हुँदा किनबेच भने ठप्प जस्तै भएको ब्यवसायीको भनाइ छ ।


प्रकाशित | ११ श्रावण २०७७, आईतवार १२:५०