देशभर अविरल वर्षा, कहाँ–कति पानी पर्‍याे ?

काठमाण्डौ : नेपालमा हिजो रातीदेखि देशभर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी एक सय ६९ मिलिमिटर पानी परेको छ ।

त्यस्तै, नवलपुरको डण्डामा एक सय ५० दशमलव ६, तनहुँको श्याम्घामा एक सय ४८ दशमलव ८ तथा गोरखामा एक सय ४० दशमलव २ मिलिमिटर पानी परेको छ ।

विभागका महानिर्देशक सरजुकुमार वैद्यले यो परिणाममा अझै वृद्धि हुने बताउनुभयो । ‘यो पछिल्लो २४ घण्टाको विवरण हो’, वैद्यले भन्नुभयो, ‘यो अझै बढ्छ र धेरै स्थानमा दुई सय मिलिमिटरसम्म पानी पर्छ ।’

विभागका महानिर्देशक वैद्यले देशको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलस्रोत श्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गराउनुभयो । त्यस क्रममा वैद्यले ९ साउनपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने जानकारी गराउनुभएको हो ।

वैद्यका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा नेपालको अधिकांश स्थानमा एक सय मिलिलिटर वा त्योभन्दा बढी पानी परिरहेको वैद्यले बताउनुभयो । यो मात्र अझै बढेर दुई सय मिलिलिटर पार्नी पर्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो ।


प्रकाशित | ५ श्रावण २०७७, सोमबार १७:०८