गैर आवासीय नेपाली संघद्वारा ३ होल्डिङ सेन्टरहरुलाई पानी वितरण

काठमाडौं : गैर आवासीय नेपाली संघले काठमाडौँ जिल्लामा रहेका ३ होल्डिङ सेन्टरहरुलाई ५ दिनको लागि पानी उपलब्ध गराएको छ । उक्त होल्डिङ सेन्टरहरुलाई सेनाले व्यवस्थापन गरेको छ भने नेपाल रेडक्रस सोसाईटी काठमाडौँ जिल्ला शाखाले विभिन्न संघ संस्थासंग सहकार्य गर्दै पानीको आपूर्तिको लागि संयोजन गर्दै आएको छ ।

संघको उपाध्यक्ष सोनाम लामाको पहलमा संघले शुद्ध खाने पानी होल्डिङ सेन्टरहरुमा आपूर्ति गराएको हो । नेपाल रेडक्रस सोसाईटी काठमाडौँ जिल्ला शाखाको कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधरको उपस्थितिमा स्काई लाईन पार्टी प्यालेसमा नेपाली सेनाका प्रतिनिधिलाई उपाध्यक्ष लामाले पानी हस्तान्तरण गर्नु भयो ।


प्रकाशित | २२ असार २०७७, सोमबार ११:५५