राष्ट्रपतिसँग भेटवार्ता गर्न तीन पूर्व प्रधानमन्त्री प्रचण्ड, नेपाल र खनाल शीतल निवासमा

काठमाडौं : राष्ट्रपतिलाई महाअभियोग लगाउने चर्चा चलिरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का तीन नेता राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितल निवासमा पुग्नुभएको छ । अहिले उहाँहरुबीच छलफल भइरहेको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार तीनैजना पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल भेटघाटका लागि शितलनिवास पुग्नुभएको हो ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीहरुलाई शनिबार राती बालुवाटार बोलाएर आफूसहित राष्ट्रपतिलाई हटाउन ठूलो राजनीतिक षड्यन्त्र रचिएको भन्दै पार्टी फुटको संघारमा पुगेको संकेत गर्नुभएको थियो ।


प्रकाशित | २१ असार २०७७, आईतवार १२:४०