नेपालमा एकै दिन थपीए ४२५ कोरोना संक्रमीत, संक्रमितको संख्या ५७६० पुग्यो

काठमाडौं : नेपालमा आइतबार एकै दिन ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको क्रममा ३ सय ७५ पुरुष र ५० जना महिलासहित ४ सय २५ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज थपिएका ४२५ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घन्टामा ६२ जना संक्रमीत डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ९७४ पुगेको छ जसमा ८७७ पुरुष र ९७ जना महिला रहेका छन् ।


प्रकाशित | ३२ जेष्ठ २०७७, आईतवार १६:२३