फुल फुलाइदेउ

घनश्याम पौडेल/ फ्रान्स

सक्छौ भने समाजमा फुल फुलाइदेउ
सक्दैनौ त हिजाका ती ईर्ष्या भुलाईदेउ।।

कहाँ जन्मी कसो गरि आयौ तिमी यहाँ
म पनि त भौतारिदै थिएँ कहाँ कहाँ। ।

आफ्ना व्यथा आफ्नै दुखसँग भेट भयो हाम्रो
सक्छौ भने गरिदेऊ न दुईटा कुरा यो समाजमा राम्रो।।

गरि खाछु मैले मेरो, तिम्ले खाछौ तिम्रो
नेपालीलाई राम्रो गर नदेखाइकन जिब्रो। ।

वास्तविकता थाहा छैन आरोप मात्र लाउँछौ
नेपालीलाई जुधाएर तिम्ले के पो पाउँछौ।।

सक्छौ भने समाजमा फुल फुलाईदेउ
सक्दैनौ त हिजोका ती पीर भुलाईदेउ।।

राम्रो लेख्न आउँछ भने समाजकोलाई लेख
देख्न सक्छौ भने नेपालीलाई एकै आँखाले देख।।

गित गाउन सक्छौ भने सबैकोलाई गाउ
नत्र भने काम छैनन तिम्रा हाउ भाउ। ।

साहित्यकार भन्छौ तिमी नेपालीलाई लेख
फुटाउनको लागि लेख्ने भए नदेखाउ भो शेख।।

पत्रकार हुं भन्छौ तिमी एकपक्षीय लेख्छौ
ऐरे गैरे आफ्ना अनि अरु सत्रु देख्छौ।।

समाजसेवी बन्छौ तिमी राहत बाँड्नलाई
उल्टो सिधो लेख्छौ तिमी समाज भाँड्नलाई।।

सक्छौ भने समाजमा फुल फुलाइदेउ
सक्दैनौ त चुनावका पिडा भुलाईदेउ।।

दुख(सुखमा उभिदैनौ घरमा बसी लेख्छौ
तन मन दिइ काम गर्नेलाई,तिम्ले सत्रु देख्छौ। ।

ठान्छौ तिम्ले मपाई अनि बुद्धिमानी पनि
सिन्को भाँच्ने होइन तिम्ले पत्रकार बनि।।

सक्छौ भने समाजमा फुल फुलाइदेउ
होइन भने तिम्रो आफ्नो मन धुलाइदेउ।।


प्रकाशित | १९ जेष्ठ २०७७, सोमबार १०:३३