प्रदेश २ मा नयाँ ७६ जना संक्रमित थपिए

दिपकप्रसाद गौतम / वीरगञ्ज 

प्रदेश २ मा ७६ जना संक्रमित थपिएसंगै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएकाको संख्या ४ सय पुगेको छ । प्रदेश २ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी विजय झाले विहीबार विहान थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि प्रदेश २ मा संक्रमितको संख्या ४ सय पुगेको जानकारी दिनु भयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको पोजेटिभ आएको रिपोर्ट विहीवार बिहान आएको हो ।

पछिल्लो परीक्षणमा संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तैगरी पछिल्लो परीक्षणमा संक्रमण पुष्टि हुनेमा महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जना रहेका छन् ।

अहिले सम्ममा प्रदेश २ का आठै जिल्लामा संक्रमण देखिएको छ । हालसम्म प्रदेश २ मा कोरोना संक्रमणको कारण १ जनाको मृत्यु भएको छ ९७ सय जना उपचारपछि निको भएर घर फर्किएका छन् । उपचारपछि निको भएर घर फकिैनेमा पर्साका सर्वाधिक ८८ जना , रौतहटका तीन जना , बाराका २ जना , सर्लाहीका २ जना र धनुषाका २ जना रहेका छन् । स्रोत- गोरखापत्र अनलाइन


प्रकाशित | १५ जेष्ठ २०७७, बिहीबार ११:०४