कतारमा कोरोना प्रभावीत २५० जना नेपाली श्रमीकलाई एनआएनएको राहत

कतार : कतारमा कोरना भाइरस (कोभिड १९) प्रभावीत २५० जना नेपाली श्रमीकलाई राहत वितरण गरिएको छ । एनआरएनए कतारले कोरोनाको कारण समस्यामा परेका २५० जनालाई राहत वितरण गरिसकेको हो ।

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार अहिलेसम्म समस्यामा परेका विभिन्न ठाउँमा रहेका २५० जनना नेपाली श्रमिकहरुलाई खाद्यान्नको राहत प्याकेज बितरण गरिएको हो । नेपाली दूतावास कतारको संयोजनमा क़तार च्यारिटीद्वारा प्राप्त खाद्दान्न कतारको विभिन्न ठाउँमा रहेका श्रमीकलाई वितरण गरिएको हो ।

बिश्वब्यापी रुपमा देखा परेको कोरना भाइरस .(कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केही नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरुलाई समाधानमा लागिरहेको अध्यक्ष मुक्तदाले बताउनुभयो ।

No photo description available.

साथै अध्यक्ष मुक्तदाले सबैलाई आवश्यक सावधानी अपनाउन र कुनै समस्या भए सम्पर्क गर्न समेत आग्रह गर्नुभएको छ ।

Image may contain: 2 people, people standing


प्रकाशित | ३ बैशाख २०७७, बुधबार २१:३८