प्रधानमन्त्री ओलीद्वारा कोरोना लक्षित छुट्टै अस्पताल बनाउन निर्देशन

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस लक्षित छुट्टै अस्पताल बनाउन निर्देशन दिनुभएको छ ।

त्रिवि शिक्षण अस्पतालबाट हिजो डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री केपी ओलीले उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई छुट्टै अस्पताल निर्माणको प्रक्रिया तत्काल शुरु गर्न निर्देशन दिनुभएको हो ।

मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका उनी शुक्रबार बालुवाटारस्थित निवासमा फर्किनुभएको हो । १९ फागुनमा अस्पताल भर्ना भएका उहाँको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।


प्रकाशित | १ चैत्र २०७६, शनिबार १२:५३