‘प्रधानमन्त्री ओलीको सफल मृगौला प्रत्यारोपणको खवरले गैर आवासीय नेपाली खुशी’

काठमाण्डौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मृगौला प्रत्यारोपणको खबरले गैरआवासीय नेपाली खुशी भएको भन्दै ओलीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

पन्तले बुधवार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको महाराजगञ्जस्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणको सफल शल्यक्रियाको खबरले गैरआवासीय नेपालीहरुलाई खुशी बनाएको उल्लेख गर्नुभएको हो ।

विज्ञप्तिमा पन्तले प्रधानमन्त्री ओलीको दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दै उनको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न साथ दिने प्रण गर्नुभएको छ ।

No photo description available.


प्रकाशित | २१ फाल्गुन २०७६, बुधबार १८:५७