अष्ट्रेलियाको मेलबर्नमा पहिलो न्याभ मल्टी कल्चरल सकर टुर्नामेण्ट हुँदै

मेलबर्न : नेप्लीज एसोसिएसन अफ भिक्टोरियाको आयोजना तथा रोयल वेस्टर्न क्लबको सहकार्यमा न्याभ मल्टि कल्चरल सकर टुर्नामेण्ट हुन गइरहेको छ । भिक्टोरियन मल्टिकल्चरल कमिसनको अनुदानमा हुन लागिएको टुर्नामेण्ट यहि आउँदो शनिबार २२ तारिखका दिन केइलर पार्क सकर क्लब, स्टेडियम ड्राइभ, केइलर पार्कमा बिहान ८ बजे बाट सुरु भइ साँझ ५ बजे सम्पन्न हुने कार्यक्रम रहेको छ ।

टुर्नामेण्टमा नेपाली लगाएत विभिन्न समुदायका गरि ८ वटा सकर क्लबहरुले भाग लिदैंछन । खेलको माध्यमबाट भिक्टोरियामा रहेका विभिन्न समुदाय बिच साँस्कृतिक सद्भाव बढाउने उदेश्य रहेको उक्त टुर्नामेण्टमा सहभागी भइ कार्यक्रमलाइ सफल बनाउन सहयोगका लागी सम्पुर्ण भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुलाइ आयोजक संस्था न्याभका अध्यक्ष तारा गैरेले आग्रह गर्नुभएको छ ।
रोयल वेस्टर्न क्लबका अध्यक्ष बम योन्जनले आफ्नो क्लबले न्याभको यस कार्यक्रममा सहकार्य गर्न पाउदा गर्ब महशुस भएको र यसको सफलताको लागि क्लब दत्तचित्त भएर लागिपरेको बताउनु भएको छ ।

प्रतियोगितामा भिक्टोरिया सरकारका प्रतिनिधिहरु, नेपाली संघ सस्था, स्थानीय बासिन्दा तथा विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति रहने रोयल वेस्टर्न क्लबका उपाध्यक्ष तथा मल्टिकल्चरल सकर टुर्नामेण्ट संयोजन कमिटीका सदस्य रोशन दाहालले बताउनु भएको छ ।

उक्त प्रतियोगितामा विभिन्न क्रियाकलाप जस्तै केटाकेटीहरुका लागी फेस पेन्टिङ, किड्स फन लगाएत अन्य रमाइला कार्यक्रमहरु रहेको न्याभका कोषाध्यक्ष तथा सम्योजन कमिटीका सदस्य प्रकाश काजी थापाले बताउनु भएको छ । उक्त टुर्नामेण्टलाई भिक्टोरियन मल्टिकल्चरल कमिसन तथा एनआरएनए भिक्टोरियाको साथ र सहयोग रहेको छ ।


प्रकाशित | ५ फाल्गुन २०७६, सोमबार ११:२९