काठमाण्डौको तापक्रम १ डिग्री सेल्सियस मापन

काठमाण्डौ: काठमाण्डौको तापक्रम आज (बिहीबार) यो वर्षकै कम भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाण्डौको आज बिहानको तापक्रम १ डिग्री सेल्सियसमा झरेको हो । बुधबार २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको तापक्रम बिहीबार बिहान झण्डै २ डिग्री कम मापन गरिएको हो ।

त्यस्तै, बिहीबार बिहान जुम्लाको तापक्रम माइनस ६ दशमलव ४ डिग्रीमा झरेको छ । गएको १ गते जुम्लाको तापक्रम यो वर्षकै कम माइनस ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो । बिहान डडेलधुराको तापक्रम २ डिग्री, वीरेन्द्रनगरको २ दशमलव ७ डिग्री, ओखलढुङ्गाको तापक्रम ४ डिग्री र ताप्लेजुङको ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।


प्रकाशित | १० पुष २०७६, बिहीबार ०७:१३