डेनमार्कमा भारतीय अतिक्रमण विरुद्ध प्रदर्शन

काठमाडौं: भारतीय अतिक्रमणविरुद्ध डेनमार्कमा पनि प्रदर्शन भएको छ । गैर आवासीय नेपालीहरुले सिमा अतिक्रमण विरुद्ध भारतीय दुतावास कोपेनहेगनको अगाडी बिरोध प्रदर्शन गरेका हुन ।

 ग़ैर आवासीय नेपाली संघ डेनमार्कको आयोजना तथा डेनमार्क स्थित नेपाली समाजका राजनैतिक तथा सामाजिक संघ संस्थाको सकृयतामा नेपालका अभिन्न भाग कालापानी, लिपुलेक, लिम्पियाधुराको अतिक्रमण विरुद्द प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शनमा ‘गो ब्याक इन्डिया, भारतीय हस्तक्षेप बन्द गर’ लगायतका नारा लगाइएको थियो । प्रदर्शनमा गैर आवासीय नेपालीहरुको बाक्लो सहभागिता रहेको एनआरएनए डेनमार्कले जनाएको छ ।


प्रकाशित | २६ मंसिर २०७६, बिहीबार १०:०७