मुक्तिनाथ विकास बैंक र ट्रयांगकुलिटी स्पाबीच सहकार्य

काठमाडौं: मुक्तिनाथ विकास बैंक र ट्रयांगकुलिटी स्पा, काठमाडौंबीच बैंकका ग्राहकहरूलाई स्पामा तोकिएका शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा ट्रयांगकुलिटी स्पाकोतर्फबाट बजारीकरण तथा बिक्री प्रबन्धक बन्दना गुरुङ र मुक्तिनाथ विकास बैंकका तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सीेले हस्ताक्षर गरेका थिए । यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले ट्रयांगकुलिटी स्पामा तोकिएका विभिन्न सेवाहरूमा ३० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।


प्रकाशित | २९ कार्तिक २०७६, शुक्रबार ११:०४