अनुष्कालाई मिस वल्डमा जिताउन सहयोग गर्न एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङको आह्रवान

काठमाडौं :  यस पटक बेलायतमा हुन लागिरहेको मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले प्रतिनिधित्व गर्दैहुनुहुन्छ ।  मिस नेपाल श्रेष्ठलाई मिस वल्र्डमा जिताउन यतिखेर सबैको सहयोग चाहिएको छ । शूरुमा मिस वल्र्ड अन्तर्गतको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र पर्नको लागि सहयोग चाहिएको हो ।

त्यस्तै, एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका ) ले सम्पूर्ण हङकङबासी नेपाली समुदाय तथा विश्वभरिका नेपालीहरुमा अनुष्कालाई जिताउन सक्दो सहयोग गर्न अपिल गर्नुभएको छ । अध्यक्ष गुरुङले एक नेपाली चेलीलाई मिस वल्र्डमा जिताउन सबैको सहयोग र हौसला आवश्यक पर्ने भन्दै सहयोगको लागि अपिल गर्नुभएको हो । अनुष्कालाई गर्न सकिने जुनसुकै सहयोग गर्न पनि आफूहरु तयार रहेको र भोट गर्न सबैमा अनुरोध गर्नुभएको हो ।

आउँदो डिसेम्बरमा हुन गइहेको मिस वल्र्ड २०१९ प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठ मल्टीमिडिया अवार्ड जित्नको लागि लाईकको आवश्यक पर्छ । जसको लागि MOBSTARएप्स डाउन लोड गर्नुपर्नेछ । एप्स डाउन लोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक गर्न सकिनेछ । जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । कुनै समय एप्समा कुनै प्राविधिक कठिनाई आयो भनेर झर्को नमानीकन रिफ्रेस वा रिइस्टाट गरिदिनु हुन समेत आग्रह गरिएको छ । हरेक फोटोको एक लाईक एक भोटको रुपमा गणना हुनेछ ।


प्रकाशित | २४ कार्तिक २०७६, आईतवार १९:४४