एनआरएनए एसिया प्याशिफिकको महिला उपसंयोजकमा अमृता (कञ्चन) थापाको उम्मेदवारी घोषणा

चीन : गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिकको क्षेत्रीय महिला उपसंयोजकमा चीनबाट अमृता (कञ्चन) थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन लागिरहेको गैर आवासीय नेपाली संघको नवौ विश्व सम्मेलनमा थापाले क्षेत्रीय महिला उपसंयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको हो । चीनमा लामो समयदेखि बस्ने आउनुभएको थापा एनआरएनको अभियानमा सक्रियतापूर्वक लाग्दै आउनुभएको छ ।

एनआरएनए चीनको महिला संयोजक हुँदै कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत समालीसक्नु भएको थापा अहिले एनआरएनएको आईसीसी सदस्य हुनुहुन्छ । थापाकै प्रयासमा आगामी (२०१९-०२१ ) कार्यकालको लागि चीनको कार्यसमिति सर्वसम्मत चयन समेत भएको छ ।

थापाले एनआरएनको मूल मन्त्र ’नेपालीका लागि नेपाली’ भन्ने नारालाई आत्मसाथ गर्दै अगाडि बढ्न आफनो उम्मेदवारी भएको बताउनुभयो । नेपालीका लागि जुनसुकै बेला आइपर्ने कुनै पनि समस्या र हक हितको पक्षमा सशक्त ढंगले आवाज उठाउन पहल गर्ने थापाले बताउनुभयो ।

बोलेर होइन काम गरेर देखाउनुपर्छ भन्ने स्वभावको थापाले संस्थामा ठूलो योगदान गर्दै आउनुभएको छ । ’विगत देखि नै पदमा रहे नरहे पनि राम्रो काम गरिरहेको छु र आगामी दिनमा पनि राम्रो काम गर्न प्रयास गर्नेछु’, थापाले भन्नुभयो, ’ठूल्ठूला कुरा भन्दा पनि काम गरेर देखाउने प्रण गर्दछु ।’

साथै महिलाहरुका आवाज निरन्तर रुपमा उठाउँदै आउनुभएको थापाले एसिया प्याशिफिक भित्र रहेका गैर आवासीय नेपालीका हक हितका सवालमा आवाज उठाउँदै समग्र महिलाहरुलाई जागरुक बनाउने कार्यमा समेत लागीपर्ने बताउनुभयो ।


प्रकाशित | २३ भाद्र २०७६, सोमबार २०:४५