आर्थिक अनुसाशन र पारदर्शिताको लागि मेरो उम्मेदवारी: कुसाङ शेर्पा -उम्मेदवार, कोषाध्यक्ष, कोरिया

कोरिया : गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियाको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको कुसाङ शेर्पाले ‘आर्थिक अनुसाशन र पारदर्शिता’ को लागि आफनो उम्मेदवारी भएको बताउनुभएको छ । शेर्पाले आफनो उम्मेदवारी कोरिया एनआरएनभित्र आर्थिक पारदर्शीता गर्दै स्रोतको परिचालन गर्नको लागि भएको बताउनुभयो ।

साथै शेर्पाले भिजीट नेपाल २०२० सफल पार्न कोरियाबाट सशक्त भूमिका खेल्ने, सरोकारवाला संस्थाहरु र नेपाली दूतावाससँग समन्वय गरि विभिन्न कार्यक्रम सञ्चालन गर्ने, नेपालमा एफडीआई भित्र्याउन एनआरएनए कोरिया मार्फत भूमिका खेल्ने, नेपाली मजदुर साथीहरुको समस्या समाधान पहल गर्ने, कोरिया राजदूतावास मिलेर कोरियाको नियम कानुन आदि विषयमा जानकारीमूलक कार्यक्रमहरु सञ्चालन गर्ने जस्ता आफना एजेन्डा अगाडि सार्नुभएको छ ।

विगत सात वर्षदेखि कोरियामा बस्दै आउनुभएको शेर्पा एक इमानदार छवी बनाउन सफल हुनुहुन्छ । आफूलाई काम गर्न सक्ने, योग्य र सक्षम उम्मेदवारको रुपमा उम्याउँदै शेर्पाले एनआरएनए कोरियालाई आर्थिक रुपमा सवल बनाउन र पारदर्शी बनाउनको लागि आफनो उम्मेदवारी भएको बताउनुभएको छ ।

शेर्पा कोरियाको राजधानी सौलमा रहेको अन्तरास्ट्रिय निर्माण कम्पनीको बैदेशिक बिभागमा रहि  नेपाल, Bangladesh, Iraq, Mozambique, Thailand, Laos, Myanmar, Bolivia, Nicaragua, Equador र India  मा एसिया डेवलपमेन्ट बैक, कोरियन बैंक र विश्व बैकले फन्ड गरेको आयोजनामा काम गर्दै आउनुभएको छ ।  शेर्पाले काठमाडौं विश्वविद्यालय र नर्वेजीयन विश्वविद्यालयमा ईलेक्टीकल ईन्जिनियरमा मास्टर डिग्री गर्नुभएको छ ।


प्रकाशित | २१ भाद्र २०७६, शनिबार २२:३२