एनआरएनए अध्यक्षका उम्मेदवार कुल आचार्य जापानमा

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसीमा अध्यक्षमा उम्मेदवार घोषणा गर्नुभएको कुल आचार्य विश्व दौडाहामा हुनुहुन्छ ।

आचार्य अमेरिका, क्यानडा , यूरोपीयन देश, मध्य पूर्व हुँदै अहिले एसिया प्रशान्त क्षेत्रको भ्रमणमा ब्यस्त हुनुहुन्छ । एसिया प्रशान्त क्षेत्रको मलेसिया अधिवेशनमा सहभागी भइसक्नु भएको आचार्य पुन: एसिया प्रशान्त क्षेत्रकै जापानमा आइपुग्नु भएको छ । जापान पुग्नु भएको आचार्यलाई एनआरएनए जापान अध्यक्ष टाँसी वान्दी लामालगायत स्वागत गर्न एयरपोर्ट पुग्नुभएको थियो ।

जापानमा आएसँगै आचार्य आफनो भेटभाटलाई तीब्र बनाइरहनु भएको छ । आचार्य आजै जापानमा पर्वत समाज जापानले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुनुभयो ।

त्यस्तै, भोली हुन गइरहेको एनआरएनए जापानको अधिवेशनमा सहभागी हुन आचार्य जापान आइपुग्नु भएको हो । जापान रहँदा यहाँका एनआरएन अभियन्तादेखि यहाँका सबैसँग भेटभाट गर्ने कार्यक्रम तय भएको  छ ।

 


प्रकाशित | १९ भाद्र २०७६, बिहीबार १९:५०