सुनको भाउ घट्यो

काठमाण्डौ : आज सुनको भाउ घटेको छ । बुधबार तोलामा ७ सय रुपैयाँ घटेको हो । सुन बुधबार तोलाको ७० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन बुधबार प्रति औँस १५ सय डलर छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि नेपालमा पनि केही कम भएको हो । यस्तै, चाँदी बुधबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।


प्रकाशित | २९ श्रावण २०७६, बुधबार १३:०७