एनआरएनए लक्जम्बर्गको अध्यक्षमा हरि खत्री सर्वसम्मत निर्वाचीत

लक्जम्वर्ग : गैर आवासीय नेपाली संघ (एनआरएनए) लक्जम्वर्गको अध्यक्षमा हरि बहादुर खत्री सर्वसम्मत निवाचीत हुनुभएको छ । एनआरएनए एनसिसी लक्जम्बर्गको पाँचौ राष्ट्रिय अधिबेशनले खत्रीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचीत गरेको हो ।

खत्रीको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा विमलबाबु उपाध्याय, महिला उपाध्यक्षमा सकुन्तला भट्टराई, महासचिव यम बहादुर खत्री, सचिव विश्वजित बहादुर थापा, कोषाध्यक्ष युद्ध बहादुर थापा, सहकोषाध्यक्ष नारायण प्रसाद दवाडी, महिला संयोजक दुर्गा केसी थापा, र युवा संयोजक नवजित न्युरे,कार्यसमितिको सदस्यहरुमा बिष्णु खत्री, चंगु नारायण सापकोटा, हिमाल सापकोटा, झलक महत, मन्जु गोयल गुरुगं, प्रेम गोयल, सरस्वती थापा, यम बहादुर थापा निर्विरोध भएका छन् ।

अधिवेशनले संघको प्रवक्तामा बालहरी राई चयन हुनुभएको छ । त्यस्तै, अधिवेशनले बालकृष्ण सापकोटालाई आइसिसी सदस्यमा निर्वाचन गरेको एनआरएनए यूरोप संयोजक शिव कुमार बरुवालले जानकारी गराउनुभयो । कार्यक्रमको उद्धघाटन नेपाली दूतावासका उपनियोग प्रमुख सुधिर भट्टराईले गर्नुभएको थियो ।  अधिवेशनमा एनआरएनए आइसिसी उपाध्यक्ष कुमार पन्त,महासचिव बद्री केसी, सचिव जानकी गुरुगं, यूरोप संयोजक शिव कुमार बरुवाल, एनआरएनए कृषि प्रबद्र्धन समितिकका संयोजक युवराज गुरुगंलगायतको सहभागीता थियो ।


प्रकाशित | २३ श्रावण २०७६, बिहीबार ०९:५२