स्वराजको निधनमा काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं :  नेपाली काङ्ग्रेसले भारतीय जनता पार्टीकी नेत्री एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधनमा दुःख व्यक्त गरेको छ । काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज नेत्री स्वराजको निधनमा दुःख प्रकट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै समवेदना सन्देश पठाउनुभएको हो ।

सभापति देउवाले पठाउनुभएको सन्देशमा नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ बनाउन स्वर्गीय स्वराजले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभएको छ । उहाँले स्वराजको असामयिक निधनप्रति दुःख प्रकट गर्दै भारत सरकार, भारतीय जनता पार्टीका सदस्य, स्वर्गीय स्वराजका परिवारका सदस्यसहित सम्पूर्ण भारतीय जनताप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।


प्रकाशित | २२ श्रावण २०७६, बुधबार २०:५१