‘न बचाउन सकेँ’ सार्वजनिक

काठमाडौं: गायक तुलसी शिवाकोटीद्वारा स्वरबद्ध लोक आधुनिक गीत ‘न बचाउन सकेँ’ सार्वजनिक भएको छ । विसं २०७४ मा निधन भएका छोरा इशान प्रसाईंको सम्झनामा उनका बाबु गणेश प्रसाईंले बजारमा ल्याउनुभएको सो गीत प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यहाँ आज आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभयो । गीतमा दुर्गाप्रसाद रिमालको शब्द रहेको छ । म्युजिक भिडियोको निर्देशन प्रकाश धितालले गर्नुभएको हो ।

यस्तै गीतमा कलाकार रक्षा श्रेष्ठ, विकास लामिछाने र एलिस खनालको अभिनय रहेको छ भने दिनेश श्रेष्ठ एरेन्जर रहनुभएको छ । सो अवसरमा मुख्यमन्त्री राईले डा दुर्गाबहादुर सुवेदीद्वारा सम्पादित ‘मिचाइल डि हिगिन्स’ नामक पुस्तकसमेत सार्वजनिक गर्नुभयो ।


प्रकाशित | १४ श्रावण २०७६, मंगलवार ०६:४६