अबको एनआरएनएलाई विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यमा केन्द्रित गराउनेछौ: कुमार पन्त (भिडियोसहित)

क्यानडा: गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी उपाध्यक्ष कुमार पन्तले अबको एनआरएनए विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यमा केन्द्रित हुने बताउनुभएको छ । एनआरएनए क्यानडाले आयोजना गरेको अन्र्तक्रिर्या कार्यक्रममा बोल्दै पन्तले पहिलो पटक एनआरएनले विज्ञ सम्मेलन सम्पन्न गरेर विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यको थालनी गरेको भन्दै अबको एनआरएनए सोही कुरालाई केन्द्रित गरेर अगाडि बढ्ने बताउनुभयो ।

विदेशी ज्ञान, सिप र प्रविधि समेटीएको श्वेतपत्र बनाएर राज्यलाई हस्तान्तरण गरिसकेको उपाध्यक्ष पन्तले बताउनुभयो । अब हरेक वर्ष विज्ञ सम्मेलन आयोजना गरेर विदेशमा रहेको गैर आवासीय नेपाली विज्ञको अझ सहभागिता बढाउँदै नेपालको सम्मृद्धिमा लाग्ने भन्दै अब एनआरएनए पूँजीपतीको मात्र भएको भन्ने आलोचनाबाट मुक्त भएको बताउनुभयो ।

एनआरएनमा विज्ञहरुको सहभागिता हुन नसकेको र ब्यापारीको संस्था बनेको आलोचनाबाट मुक्त गराउन सफल भएको भन्दै आगामी दिनमा पनि विदशी ज्ञान र सिप कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा केन्द्रित गरिने बताउनुभयो । सरकारले समेत श्वेतपत्र दराजमा थन्काएर नराखीने कुरा स्पष्ट पारिसकेको बताउँदै पन्तले नेपालको सम्मृद्धि विदेशी ज्ञान, सिप र प्रविधिको हस्तान्तरणबाट मात्र सम्भव भएकाले एनआरएनएले सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

एनआरएनएनले अहिलेसम्म ब्यक्तीगत स्पमा लगानी गरे पनि सामूहिक लगानीको अवधारण ल्याउन नसकेकाले मुलुकको आर्थिक सम्मृद्धिमा ठूलो योगदान गर्न अब सामूहिक लगानीको अवधारण लिएर अगाडि बढेको बताउनुभयो । गैर आवासीय नेपालीको ज्ञान, सिप र प्रविधिलाई नेपालको सम्मृद्धिमा लगाउनुपर्छ भनेर लागिपरेको भन्दै उपाध्यक्ष पन्तले १० अर्बको सामूहिक लगानी गर्ने विषयमा सरकारसँग सझदारीपत्रमा समेत हस्ताक्षर भइसकेको जानकारी गराउनुभयो । पन्तले भन्नुभयो, ‘अहिले हामीले १० अर्बको सामूहिक लगानी गर्ने विषयमा सरकारसँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छौ । सरकारसँग एमओयू गरिसकेकाले ससाना लगानी पनि  संयुक्त लगानीमा समेटीने गरि अगाडि बढेका हौ ।’

अबको केहि सातामै लाप्राक प्रोजेक्ट हस्तान्तरण गरिन लागिएको, एनआरएनएको आफनै भवन निर्माण भइसकेको, शख्खमुल पार्क हस्तान्तरण भइसकेको बताउँदै विगतमा एनआरएनले थालेका प्रोजेक्ट सम्पन्न भएकाले अब एनआरएन नयाँ ढंगले अगाडि बढ्ने बताउनुभयो । उपाध्यक्ष पन्तले एनआरएन भवनको विषयमा बाहिर आएजस्तै नभएको स्पष्ट पार्दै भन्नुभयो, ‘भवन तथा जग्गाको लागि सबै प्रक्रिया पूरा भएर निर्माण भएको हो । सबै प्रक्रीया पूरा गर्दागर्दै पनि बालुवाटारको एनआरएनए भवन बनाउँदै गर्दा ठगीएको पाइएको छ । ‘ अब जे सुकै भए पनि ८० लाख नेपालीको भावनासँग सम्बन्धीत भएकाले कानुनी प्रक्रीयामा एनआरएनएन बलियो भएको र  यदी सरकारको भए पनि साँवा र ब्याजसहित पाउँनेमा  एनआरएनए ढुक्क रहेको बताउनुभयो ।

Posted by NRNA Canada on Saturday, 22 June 2019


प्रकाशित | ८ असार २०७६, आईतवार ११:३३