सीमा स्तम्भ अनुगमन गर्नै मुश्किल !

शेरबहादुर सिंह/भीमदत्तनगर भारतसँग सीमा जोडिएको वडा हो, कञ्चनपुरको पुनर्बास नगरपालिका–९ बिचफाँटा । स्थानीय तहको निर्वाचनपछि वडाध्यक्ष चुनिनुभएका नारायणप्रसाद जैशीले गाउँ छेउमै रहेको प्यारातालपारि (भारततर्फको ) मुख्य सीमा स्तम्भ नं १९५ अवलोकन गर्न पाउनुभएको छैन । भारतले लामो समयदेखि पुनर्बासमा रहेको प्यारातालमा स्वामित्व खोजिरहेको भए पनि प्यारातालभन्दा झण्डै ५०० मिटर वर (भारततर्फ) सीमा स्तम्भ नं १९५ […]

आधा दर्जन विदेशी एयरलाइन्सले नेपालमा उडान भर्दै

सिबी अधिकारी /काठमाडौं नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने तयारी गरेका छन् । नेपाल गन्तव्यमा उडान विस्तारका लागि भारतका दुई, कुवेत, फिनल्यान्ड र अष्ट्रेलियाको एक÷एक वायु सेवा प्रदायकले उडान भर्न लागेका हुन् । भारतको स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयरले नेपालमा उडान भर्नका […]

तथ्य र प्रमाणका आधारमा भारतसँग कूटनीतिक संवाद गर्न पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीको सरकारलाई सुझाव

काठमाडौं : तथ्य र प्रमाणका आधारमा नेपाल– भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्न पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीले सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो सरकारी निवास बालुवाटारमा आयोजना गर्नुभएको सर्वपक्षीय बैठकमा सहभागी पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीले सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास नै महत्वपूर्ण विकल्प भएको बताउनुभएको हो । बैठकपछि पूर्वप्रधानमन्त्री […]

कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा राष्ट्रिय सहमति मिल्यो, तत्काल कूटनीतिक पहल हुन्छ:  प्रधानमन्त्री

नारायण न्यौपाने र रमेश लम्साल/ काठमाडौं सरकारले कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा उठेका प्रश्नबारे तत्काल भारतसँग कूटनीतिक पहल गर्ने भएको छ । राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको विषयमा अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको भन्दै सरकारले उक्त पहल गर्ने बताएको हो । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल, पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री, विषयविज्ञहरु सहभागी सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै […]

तीन ठूला नदीमा पानीजहाज सञ्चालनको तयारी

काठमाडौं : सरकारले मुलुकका तीन प्रमुख नदीमा जलयातायात सञ्चालनको तयारी गरेको छ । पश्चिमको गण्डकी,मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोशी नदीमा जलयातायातको सम्भाव्यता अध्ययन अध्ययन गरी पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी छ । यीनदीमा सरकारले यात्रु तथा मालवाहक जहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न लागेको हो । यीमध्ये कतिपय नदीमा सानो आकारका स्टीमरलगायतका यातायात सञ्चालनमा छन् […]

कालापानी नेपालकै हो, एक इञ्च पनि सीमा मिच्न दिन्नौं : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै भएको बताउनुभएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा आजदेखि आयोजित राष्ट्रनिर्माण महामहोत्सवमा उहाँले मुलुकको एक इञ्च पनि सीमा मिच्न नदिइने बताउनुभयो । भारतीय नक्सामा नेपालको भूमि राखिएको भन्ने जानकारी आफूले सञ्चारमाध्यमबाटै थाहा पाए उल्लेख गर्दै उहाँले भन्नुभयो, “कालापानी हाम्र्रै […]

अस्ट्रेलियाबासी नेपालीलाई राजदूतको अपिल: अनुष्कालाई मिस वर्ल्डमा जिताउन सहयोग गर्नुस

काठमाडौं : अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालले बेलायतमा डिसेम्बर १४ मा आयोजना हुन लागिरहेको मिस वल्र्डमा मिस नेपाल अनुष्का श्रेष्ठलाई जिताउने अभियानमा सहयोग गर्न सम्पूर्ण अस्ट्रेलियामा बसोबास गर्नुहुने नेपाली समुदायलाई आग्रह गर्नुभएको छ । बेलायतको राजधानी लन्डनमा हुन गईरहेको मिस वल्र्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठ सहभागि बन्दै हुनुहुन्छ । अनुष्का श्रेष्ठ अस्ट्रेलियामा अध्ययन […]